काठमाडौं । दाङको राप्ती गाउँपालिका–८ वडाध्यक्ष चन्द्रबहादुर गुरुङ र खोटाङ साकेला गाउँपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कटवाल रोजगारीका लागि विदेश पालयन भएका छन् । गुरुङ यही साउन २० गते बेलायत गएका छन् भने कटवाल २०८० माघ १७ गते अमेरिका प्रस्थान गरेका हुन् ।
गुरुङ गत २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट दाङको राप्ती गाउँपालिका–८ वडाध्यक्षमा निर्वाचित भएका हुन भने कटवाल माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । रमाइलो चाहिँ के छ भने उनले पाउने सेवा सु्विधा चाहिँ नियमित लिइरहेका छन् ।
वडाध्यक्ष गुरुङ आर्थिक सङ्कट थेग्न नसकेपछि विदेश पलायन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । ४० लाख ऋण तिर्नको निम्ति उनी बेलायत गएको उनकी श्रीमती संगीता गुरुङले जानकारी दिएकी छन् । वडाध्यक्ष गुरुङ गएको स्थानीय तहको निर्वाचनको समय निकै चर्चामा रहेका थिए । उनी वडाध्यक्षमा निर्वाचित हुनु अघि सोहि वडाको कार्यालय सहयोगी थिए ।
उनी वडाध्यक्ष निर्वाचित भएपछि देश भरिनै चर्चामा आएका थिए । वडाध्यक्ष गुरुङ पदबाट राजिनामा नदिइ सोही वडाका वडा सदस्यलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिए र विदेश गएको स्रोतले जानकारी दिएको छ ।
वडाका महिला वडा सदस्य चम्पा पुनलाई श्रावण १७ गते देखि लागू हुने गरि कार्यबाहक सुम्पिएको वडा सचीव अस्लिक चौधरी जानकारी दिएका छन । अध्यक्ष गुरुङको बिदेश बसाइँ कहिलेसम्म हो भन्ने कुराको यथार्थ जानकारी नभएको कुरा गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिएका छन ।
स्थानीयवासीहरूले सोमबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईलाई वडाध्यक्षको अनुपस्थितिमा लामो समयदेखि नागरिकहरूले भोग्नु परेको समस्याबारे ज्ञापनपत्र बुझाउदै गुनासो पोखेका हुन् ।
वडाध्यक्ष कटवाल अमेरिका गएपछि हाल वडा सदस्यले कार्यवाहक भई वडा सञ्चालन गर्दै आएका छन् । वडाध्यक्ष नहुँदा नागरिकता सिफारिसदेखि विकास निर्माणका महत्वपूर्ण कार्यहरूसम्म प्रभावित भएको स्थानीयवासीहरूको भनाई छ ।
प्रतिक्रिया