विदेशी पर्यटकका लागि आफ्नो सीमा खुला गर्ने उत्तर कोरियाको निर्णय

विदेशी पर्यटकका लागि आफ्नो सीमा खुला गर्ने उत्तर कोरियाको निर्णय



काठमाडौं । उत्तर कोरियाले विदेशी पर्यटकका लागि आफ्नो सीमा खुला गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२० को शुरुमा कोभिड महामारीको समयमा आफ्नो सीमा बन्द गरेको थियो । साढे चार वर्षपछि अहिले उत्तर कोरिया सरकारले एउटा शहर पर्यटकका लागि खोल्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

दुई वटा चिनियाँ ट्राभल एजेन्सीहरुले पर्यटकहरूलाई चाँडै नै उत्तर कोरियाली पहाडी शहर सामजोन भ्रमण गर्न अनुमति दिन सकिने बताएका छन् । दुई वटा कम्पनीले मात्रै उत्तर कोरियाको सामजोन भ्रमण गराउँदै आएका छन् । कोभिड महामारीको समयमा उत्तर कोरियाले लगाएको प्रतिबन्ध गत वर्षको तुलनामा अहिले खुकुलो भएको छ ।

उत्तर कोरियामा सीमा बन्द भएपछि खाद्यान्न सङ्कट शुरु भएको थियो । उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ । अर्थतन्त्रमा ठूलो दबाब परिरहेको बेला सीमा खोल्ने निर्णयले पर्यटक भित्रने र खाद्यान्नको आपूर्तिमा पनि केही सहज हुने अनुमान छ ।