काठमाडौं । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा मध्यराति आएको पहिरोले एकै परिवारको ४ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा २ महिला र २ बालिका हुन, ६ पुरुषले भने भागेर ज्यान जोगाएका छन् । पहिरोले बीरबहादुर धामीको घर बगाएको हो ।
सुदूरपश्चिम प्रहरीले जारी गरेको बुलेटिनअनुसार मृत्यु हुनेहरुमा ५५ वर्षीय काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी र ३ वर्षकी लक्ष्मी धामीको ज्यान गएको छ ।
पहिरो घरमा खस्दा परिवारका ९ जना र एक जना पाहुनासहित १० जना थिए । ६ जनाले भागेर ज्यान बचाएका छन् । प्रहरी र स्थानीयले शब निकालेका हुन् । पहिरोमा ५ वटा बाख्रा पनि पुरिएका थिए ।
प्रतिक्रिया