झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् । विर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर प्रसाईले आत्महत्या गरेको प्रहरीले जनाएको छ । गत शुक्रबार खाली घरको दोस्रो तलामा गएर प्रसाई झुन्डिएको प्रहरीले बताएको छ । मैनाली काठमाडौं बसोबास गर्छन्, उक्त घर खाली छ ।
उनी विर्तामोडस्थित बीएन्डसी अस्पतालका संस्थापक थिए । लामो समयसम्म बीएन्डसी अस्पतालका सञ्चालक रहेका महेन्द्र, दुर्गा प्रसाई र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी अस्पताल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाई केही समय पहिला नै अस्पतालबाट बाहिरिएका हुन्।
महेन्द्र घरजग्गा व्यवसायी हुन् । अस्पतालबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईंभन्दा अगाडि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेका थिए । पछि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका हुन् ।
प्रतिक्रिया