विश्वकप लिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

विश्वकप लिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ



काठमाडौं । आईसीसी विश्वकप लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ ।

क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ ।

त्रिकोणात्मक टी२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।

क्यानडा भ्रमणका लागि क्यानले १६ सदस्सयीय टोली घोषणा गरिसकेको छ । क्यानडा र अमेरि भ्रमणका लागि जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)