पृथ्वीबाट सात सय किलोमिटरमाथि अन्तरिक्षयात्रा सम्पन्न

पृथ्वीबाट सात सय किलोमिटरमाथि अन्तरिक्षयात्रा सम्पन्न



काठमाडौं । अर्बपति उद्योगी एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डाअन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट झण्डै सात सय किलोमिटरमाथि स्पेसवाक अर्थात अन्तरिक्षयात्रा गरेका छन् । अन्तरिक्षयात्राको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो ।

निजी अन्तरिक्ष यानबाट गरिएको यो पहिलो अन्तरिक्ष यात्रा भएको बीबीसीले जनाएको छ । यस मिसनमा ४ जना अन्तरिक्ष यात्री अन्तरिक्षमा गएका छन् । यी मध्ये दुई अन्तरिक्ष यात्री, मिसन कमाण्डर जेरेड इसेकम्यान र मिसन विशेषज्ञ साराह गिलिस ५० वर्षभन्दा बढी समयदेखि कुनै पनि अन्तरिक्ष यात्री नपुगेको कक्षमा पुगेका छन् ।

मस्कको कम्पनीको फाल्कन–९ रकेटबाट मिसन प्रक्षेपण गरिएको थियो । यस मिसनको उद्देश्य निजी अन्तरिक्ष यानबाट गरिएको पहिलो अन्तरिक्ष यात्रा प्रक्षेपण रहेको खबरमा उल्लेख छ । यस क्रममा मानव स्वास्थ्यसम्बन्धी ३६ वटा अनुसन्धान र प्रयोग पनि गरिनेछ । यसबाहेक, स्टारलिङ्कको लेजरमा आधारित सञ्चार पनि अन्तरिक्षमा परीक्षण गरिनेछ ।