काठमाडौं । भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् । फुटबलकी प्रीति राई, क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट र रग्बीका श्रीराम श्रेष्ठलाई उछिन्दै उनले यो अवार्ड जितेकी हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपल्स च्वाइसको विजेता खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई-सेवाको भोटिङका आधारमा चयन गरिएको थियो ।
सुदूरपश्चिमकी भट्टले ५६ प्रतिशत मत पाइन् । कबड्डीकी मानमति दोस्रो, फुटबलकी प्रिति तेस्रो स्थानमा रहे । उनले १६ प्रचिशत मत पाएकी थिइन् ।
क्रिकेटका गुल्सन र रग्बीका श्रीरामले समान ४.४ प्रतिशत मत पाएका थिए । अवार्डसँगै कविताले मोटरसाइकल पाएकी छन् ।
हेमन्त पाल युवा वर्ष खेलाडी
हेमन्त पाल युथ प्लेयर अफ दि इयर घोषित भएका छन् । पल्सर स्पोटर्स् अवार्डमा भारोत्तोलनका पालले युवा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।
उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए ।
यो अवार्डका लागि उनीसँगै क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, टेनिसकी सुनिता थापा मनोनयनमा परेका थिए ।
विनयराज पाण्डेलाई लाइफ टाइम अवार्ड
नेपालमा क्रिकेटको जग हालेका विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।
पल्सर स्पोर्टस् अवार्डमा नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।
जयकुमारनाथ शाहको नेतृत्वमा क्रिकेट संघ स्थापना हुँदा पाण्डे महासचिव थिए ३८ वर्षसम्म महासचिव रहेका उनी उनी २००५ देखि २०११ सम्म अध्यक्ष रहे ।
पाण्डे क्रिकेट संघको नेतृत्वमा रहँदा नेपाल क्रिकेटको विकासको श्रृखला तयार भएको थियो । उनले नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उनले उल्लेख्य भूमिका खेलेका छन् ।
प्रतिक्रिया