काठमाडौं । राष्टिन्य क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए ।
यो अवार्डका लागि रोहितसँगै फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका थिए ।
पलेशा बनिन् ‘पारा एथलिट अफ दी इयर’
पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा पारा तेक्वान्दोकी पलेशा गोवर्धन ‘पारा एथलिट अफ दी इयर’ चुनिएकी छन् ।
पलेशाले चीनमा भएको एसियाली पारा खेलकुदमा कांश्य जितेकी थिइन् ।
नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया