काठमाडौं । स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।
आइतबार प्रमुख आयुक्त दिनेश थपलियासहित निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर निर्वाचनको मितिबारे छलफल भएको थियो ।
हाल स्थानीय तहमा ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ । चुनावको मिति निर्वाचन आयोगको परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया