संसद अधिवेशन अन्त्य गर्न सिफारिस

संसद अधिवेशन अन्त्य गर्न सिफारिस



काठमाडौं । सरकारले जारी संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको वैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

माओवादीले ‘हिंसा’ शब्द प्रति आपत्ति जनाउदै संसदको अवरोध जारी राखेपछि सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हो । संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक) चालू अधिवेशनले नै पास गरेको हो ।

बजेट र बजेट आश्रित विधेयकबाहेक लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि चालू अधिवेशनबाटै पास भएको हो ।