राष्ट्रिय सभाका दुई समिति सभापति निर्वाचित

राष्ट्रिय सभाका दुई समिति सभापति निर्वाचित



काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन् ।

विधायन व्यवस्थापन समिति सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा सोमबार निर्वाचित भएका हुन् ।

दाहाल नेकपा (एमाले) की सांसद हुन् भने शर्मा नेकपा (माओवादी केन्द्र) का सांसद हुन् ।

नवनिर्वाचित सभापतिहरूलाई राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथग्रहण गराएका छन् ।