राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोमबार प्रतिनिधिसभाको बैठक चलिरहेको छ । यो बैठक बजेट अधिवेशनको अन्तिम हुनेछ । यो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् भने सहकारी छानबिन संसदीय समितिले पनि प्रतिवेदन पेस गर्दैछ ।