लेबनानमा पेजर विस्फोटमा मर्नेको संख्या १२ पुग्यो

लेबनानमा पेजर विस्फोटमा मर्नेको संख्या १२ पुग्यो



बेरुत । लेबनानमा पेजर विस्फोटका घटनाहरूमा परेर मर्नेको संख्या १२ पुगेको छ । मर्नेमा २ जना बालबालिका समेत रहेका छन् ।

यीमध्ये एक जना ८ वर्षीय बालिका र अर्को चाहिँ ११ वर्षको बालक भएको बताइएको छ । घाइतेमध्ये अधिकांश बेरुत क्षेत्र आसपासका हुन् ।

लेबनानी स्वास्थ्य मन्त्री अबियादले बताएअनुसार दक्षिण लेबनानमा ७५० जना घाइते भएका छन् । अरू १ हजार ७५० जना बेरुत क्षेत्रमा घाइते भएका हुन् । घाइते मध्ये १० प्रतिशतको अवस्था निकै गम्भीर रहेको र केहीको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।

कयौँको अनुहारमा चोट लागेकोले भेन्टिलेटरमै राख्नु पर्ने स्थिति छ । यी विस्फोटका घटनाका घाइतेहरूलाई सय वटा अस्पतालमा राखिएको छ । विशेष उपचारका लागि केही घाइतेलाई विदेश नै पठाउनु परेको बताइएको छ ।