काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको एक आयुक्तले जानकारी दिए ।
उनका अनुसार निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर बैशाख १५ गने उम्मेदवारको नाम सार्वजनिक हुनेछ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइने र त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया