काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै सात दिनभित्र उपस्थित हुन भनेको हो ।
गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गैरहाजिर हुनेहरूमा तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवानका छन् ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया