बाढी पहिरोमा परी ६२ जनाको मृत्यु,४३ जना बेपत्ता

बाढी पहिरोमा परी ६२ जनाको मृत्यु,४३ जना बेपत्ता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । दुई दिन यता परेको अविरल बर्षादका कारण बाढी पहिरो लगायत मनसुन जन्य विपद्का घटनामा परी ६२ जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखि आज साँझ ६ बजे सम्म मनसुन जन्य विपदमा परि ६२ जनाको मृत्यु र ३६ जना घाइते भएको केन्द्रीय प्रहरी परिचालन कक्ष विपद डेक्सले जानकारी दिएको छ । यस्तै घटनामा ४३ जना बेपत्ता भएका छन् भने १ हजार ४ सय ५६ जनाको उद्धार गरिएको छ ।