क्यालिफोर्नियामा ज्योति मगर र रचनाको कार्यक्रममा मुक्का हानाहान

क्यालिफोर्नियामा ज्योति मगर र रचनाको कार्यक्रममा मुक्का हानाहान


ग्लोब नेपाल
81
Shares

क्यालिफोर्निया । नेपालका चर्चित कलाकारहरू सहभागी एक कार्यक्रममा नेपालीहरूबीच मुक्का हानाहान भएको छ। गत साता गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र करिष्मा ढकाल सहभागी रहेको ‘अब नाच्छ’ कार्यक्रममा सो घटना भएको हो। घटनामा दुई दर्जन व्यक्तिहरू मुछिएका छन्। उनीहरूबीच ग्याङ फाइट भएको बताइएको छ।

दरबार इन्टरटेनमेन्ट एण्ड सबसु प्रोडक्सनको प्रस्तुतीमा भएको कार्यक्रममा सांगीतिक कार्यक्रम हेर्नको लागि मातेर आएका युवाहरूले आपसमा कुटाकुट गरेका घटनाले मनोरञ्जन दिएकाे यहाँ रहेका नेपालीहरू बताउँछन्। शनिबार वे एरियामा आयोजना गरिएको ‘अब नाच्छ’ कार्यक्रममा घटना दोहोरिएको हाे ।