मुग्लिन–नारायणगढ खण्डमा ५ सय ठाउँमा पहिरो

मुग्लिन–नारायणगढ खण्डमा ५ सय ठाउँमा पहिरो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । गत बिहीबारदेखि शनिबारसम्मको भारी वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा कम्तिमा ५ सय स्थानमा पहिरो खसेको छ । चितवन प्रहरीका अनुसार सानो ठूलो गरी ५ सयजति पहिरो खसेको हो । कतिपय पुलसमेत भत्किएका छन् । पहिरोका कारण कतिपय स्थानमा सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।

धेरै स्थानमा एकतर्फी मात्र सडक खुलेका कारण राजमार्गमा सवारी साधनको लामो लाइन लागेको छ । तत्कालका लागि यातायात सुचारु गर्ने गरी मात्र पहिरो हटाइएका कारण दुईतर्फी सडक सञ्चालन हुन अझै केही दिन लाग्ने प्रहरीको भनाइ छ ।

बीपी राजमार्ग, कान्ति राजपथ तथा भीमफेदी–सिस्नेरी–सडक पहिरोले अवरुद्ध भएपछि राजधानी आउने र जाने एक मात्र विकल्पका रुपमा रहेको नागढुंगा–मुग्लिन सडकमा अत्याधिक सवारी चाप बढेको छ ।

ट्राफिक प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ नायब निरीक्षक सई अशोक बस्नेतले उक्त सडक भएर दैनिक २० हजारभन्दा बढी सवारी साधन गुडिरहेका छन् ।