नारायणघाटदेखि काठमाडौंसम्म ट्रेलरसहितका ठूला सवारी सञ्चालनमा रोक

नारायणघाटदेखि काठमाडौंसम्म ट्रेलरसहितका ठूला सवारी सञ्चालनमा रोक


ग्लोब नेपाल
162
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्म ट्रेलरसहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।

यात्रुवाहकलाई प्राथमिकता दिने गरी ठूला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिएका छन् । उनले भने, ‘औषधी र तरकारी बोकेका बाहेक अन्य ठूला सवारी कार्तिक १ गतेसम्म बन्द रहन्छन् ।’

विभागको निर्णयअनुसार चितवनको नारायणघाट र सौराहा क्षेत्रमा ट्रेलर सहितका ठुला सवारी साधन रोकिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बागमतीका एसपी नरेश सुवेदीले जानकारी दिएका छन ।

यातायात आवागमन सहज बनाउन भन्दै विभागले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठुला सवारी साधनहरू २०८१ साल आश्विन १७ गते घटस्थापनादेखि कार्तिक १ गते पूर्णिमासम्म रोक्ने निर्णय गरेको थियो ।