मध्य गाजामा इजरायली हमलामा २४ को मृत्यु

मध्य गाजामा इजरायली हमलामा २४ को मृत्यु



इजरायल । इजरायलले आइतबार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा गरेको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ९३ जना घाइते भएका छन् । इजरायली सेनाले अल–अक्सा शहीद अस्पताल र इब्न रुस्द स्कुलको छेउमा रहेको अल–अक्सा शहीद मस्जिदमा बमबारी गरेको छ ।

मस्जिद र स्कुलका सयौँ व्यक्तिहरू विस्थापित भएका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतबार इजरायली वायुसेनाले इब्न रुस्द स्कुलको रूपमा काम गरेको कम्पाउन्डभित्र रहेको कमान्ड–एन्ड–कन्ट्रोल सेन्टरभित्र सञ्चालित हमास लडाकुहरूमाथि सटीक हमला गरेको बताएको छ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या ४१ हजार ८२५ पुगेको छ ।