चिकित्साशास्त्रर्फकाे नाेबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञानिकलाई

चिकित्साशास्त्रर्फकाे नाेबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञानिकलाई



काठमाडौं । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

माइक्रोआरएनएले जिनहरूको गतिविधि नियमन गर्छ । मानव जातिमा विभिन्न माइक्रोआरएनएका लागि एक हजार वटाभन्दा धेरै जिन भएको पत्ता लागिसकेको नोबेल समितिले जनाएको छ । जटिल संरचना भएका जीवहरूको उद्विकास माइक्रोआरएनएले गर्नै ‘जिन रेगुलेशन’ विधिका कारण सम्भव भएको ठानिन्छ । अध्ययनहरूले माइक्रोआरएनए नहुँदा कोष र तन्तुको विकास सामान्य रूपमा हुन नसक्ने देखाएका छन् ।

विजेताले संयुक्त रूपमा एक करोड १० लाख स्विडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नेछन् ।