अमेरिकी निर्वाचनको दिन आक्रमणको योजना बनाएको आरोपमा अफगान नागरिक पक्राउ

अमेरिकी निर्वाचनको दिन आक्रमणको योजना बनाएको आरोपमा अफगान नागरिक पक्राउ


ग्लोब नेपाल
108
Shares

न्यूयोर्क । अमेरिकी न्याय विभागले चुनावको दिन इस्लामिक स्टेट समूहको नाममा हमला गर्ने योजना बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

सन्दिग्ध २७ वर्षीय नासिर अहमद तावेदी ओक्लाहोमा सिटीमा बसोबास गर्ने अफगानिस्तानका नागरिक रहेको खुलेको अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जानकारी दिएको छ ।

एफबीआईका निर्देशक क्रिस्टोफर रेले मंगलबार एक विज्ञप्तिमा भनेको छ , ‘आईएसआईएसबाट उत्प्रेरित प्रतिवादीले चुनावको दिन यहाँ हाम्रो मातृभूमिमा हिंसात्मक हमला गर्ने षड्यन्त्र गरेका थिए ।’

एफबीआईका अनुसार तावेदीले हतियार भण्डारण गर्ने प्रयास गरिरहेका थिए र आफ्नो परिवारको सम्पत्ति बिक्री गर्न र सदस्यहरूलाई विदेशमा स्थानान्तरण गर्न कदम चालेको थिए ।

तावेदीलाई विदेशी आतंकवादी संगठनलाई सहयोग वा स्रोत उपलब्ध गराउने प्रयास र षड्यन्त्र गरेको आरोप लगाइएको छ। साथै कुनै अपराध वा आतंकवादको कार्य गर्न प्रयोग गर्न बन्दुक र गोला बारुद किन्न प्रयास गरेको आरोप पनि उनीमाथि लगाइएको छ।