शुभ साइतमा लगाइयो बडादशैँको टीका र जमरा

शुभ साइतमा लगाइयो बडादशैँको टीका र जमरा


ग्लोब नेपाल
27
Shares

काठमाडौं । बडादशैँको शुभ साइतमा टीका ग्रहण गरिएको छ । पञ्चांग निर्णायक समितिले तय गरेको बिहान ११:३६ बजेको उत्तम साइत कुरेर अधिकांश सर्वसाधारणले मान्यजन र अग्रजको हातबाट टीका र जमरा लगाए ।

यद्यपि विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । विजया दशमी अन्तर्गत आज मुख्य दिन बडादशैँ हो । आफूभन्दा ठूलाबडाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने प्रचलन रही आएको छ ।