बीपी राजमार्ग आजदेखि रातको समयमा बन्द हुने

बीपी राजमार्ग आजदेखि रातको समयमा बन्द हुने



काठमाडौं । बीपी राजमार्ग थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने भएको छ । बीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडक खण्ड बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा बन्द हुने भएको हो ।

यो खण्ड गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछिकाे बाढी र पहिरोले क्षति गरेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना निकालेर बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल–चौकीडाँडा–वर्षेखोला खण्डको झन्डै ८ किलोमिटर सडक ट्र्याकको मर्मत तथा सुधार गर्न सडक खण्ड बन्द गर्न लागिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

बाढी पहिरोले बन्द भएकाे यो राजमार्ग गएको शुक्रवारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको हो ।