अमेरिकामा नेपाली मिडिया खसोखासलाई १ लाख डलर पुरस्कार

अमेरिकामा नेपाली मिडिया खसोखासलाई १ लाख डलर पुरस्कार


ग्लोब नेपाल
0
Shares

अमेरिकाको न्यूयोर्कबाट सन्चालित नेपाली सन्चार माध्यम खसोखासले एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्राप्त गरेको छ । स्थानीय पत्रकारिताको रिक्तता पूर्ति गरेकाले नेपाली पत्रकारितालाई अझ सुदृढ गर्न उक्त राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

स्थानीय समाचारलाई पुन: कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फर्वार्डबाट खसोखासले पहिलो चरणमा नै प्रतिष्ठित अनुदान पुरस्कार प्राप्त गरेको खसोखास डटकमका प्रधानसम्पादक किशोर पन्थीले जानकारी दिए । पुरस्कार प्राप्त गर्न पाउँदा आफूलाई अविश्वसनीय गर्वको अनुभव भएको पन्थीले बताए ।

१ लाख डलर आफूहरुका लागि आर्थिक सहयोग मात्र नभई विगत १३ वर्षमा आफूहरुले गरेको कामको मूल्यांकन भएको पन्थीको भनाइ थियो । पुरस्कार सहयोगले खसोखासलाई अमेरिकामा रहेको नेपाली समुदायलाई अत्यावश्यक समाचार र श्रोतहरू प्रदान गर्ने मिसनलाई जारी राख्न सशक्त बनाउने उनले बताएका छन् ।

अमेरिकामा पहिलो नेपाली साप्ताहिक पत्रिकाका रूपमा सन् २०१२ मा सुरु भएको खसोखास अध्यागमन र नेपाली समुदायका कथाहरुदेखि न्यूयोर्कको क्वीन्स र बाहिरका स्थानीय समाचारहरू सम्म नेपाली समुदायलाई प्रभाव पार्ने मुद्दाहरू कभर गर्न अग्रपंक्तिमा छन् ।

सन् २०२० मा कोरोना महामारीपछि सम्पूर्णहरूमा डिजिटल बनेको खसोखासले वर्षौंदेखि नेपाली समुदायलाई महत्वपूर्ण जानकारीसँग जोड्ने स्रोत र खोजमुलक सामाग्रीहरू प्रकाशित गर्दै आएको छ ।

पुरस्कारले खसोखासलाई नेपाली डायस्पोराका महत्वपूर्ण कथाहरू समेट्ने, उच्च गुणस्तरको स्वतन्त्र पत्रकारिता प्रदान गर्ने खसोखाको क्षमतालाई अभिवृद्धि गर्ने, रिपोर्टिङ विस्तार गर्न र यसको डिजिटल उपस्थिति सुधार गर्ने उल्लेख गरे ।

प्रेस फर्वार्ड अमेरिकामा स्थानीय समाचार र सूचनालाई पुनरुत्थान गरेर लोकतन्त्रलाई सुदृढ गर्ने मायामी फाउण्डेशनबाट सञ्चालित राष्ट्रिय अभियान हो ।