इजिप्ट । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका इरानी समकक्षी सेयद अब्बास अराघचीले बिहीबार कायरोमा लेबनान, गाजापट्टी र रेड सीको विकसित अवस्थाका बारेमा छलफल गरेका छन् ।
उनले यस क्षेत्रलाई युद्धमा जानबाट रोक्न जोड दिए । अब्देलाट्टीले गाजा पट्टीमा तत्काल युद्धविराम, विनाशकारी मानवीय अवस्थालाई नियन्त्रण गर्न र क्षेत्रीय स्थायित्व र सुरक्षा पुनःस्थापनाका लागि गाजामा मानवीय सहायताको बिनाशर्त वितरणको तत्काल आवश्यकतामा जोड दिए ।
उनले लेबनानको सार्वभौमसत्तामा हानि पुर्याउने कुनैपनि चाललाई पूर्ण रूपमा अस्वीकार गर्दै लाल सागरमा भएको घटनाक्रम र समुन्द्री नेभिगेसन स्वतन्त्रताको सम्मान गर्ने महत्त्वलाई जोड दिए । यसअघि अराघचीले इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग वार्ता गरेका थिए ।
प्रतिक्रिया