रवि लामिछानेविरुद्ध रुपन्देहीबाट अर्को पक्राउ पुर्जी जारी

रवि लामिछानेविरुद्ध रुपन्देहीबाट अर्को पक्राउ पुर्जी जारी


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपेन्द्रही जिल्ला अदालतले पनि बिहीबार पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठले इलाका प्रहरी कार्यालय बुटवललाई पक्राउ गर्न अनुमति दिएका हुन् ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायणबहादुर पराइसमेतको जाहेरीमा लामिछानेसहित दर्जन व्यक्तिलाई अदालतले पक्राउ अनुमति दिएको हो । लामिछानलाई अहिले कास्की जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि दोस्रो पटक म्याद थपेर हिरासतमा राखेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले छविलाल जोशी, रवि लामिछाने, दिपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङसमेत गरी १२ जनाको नाममा पक्राउ पूर्जी जारी गर्न अनुमति लिएको छ ।

उनीहरुलाई संगठित रुपमा सहकारी ठगीसम्बन्धी कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा (३) बमोजिम पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।