क्यालिफोर्निया। पूर्व राष्ट्रपति विद्या भण्डारीका एउटा भाइले अमेरिकामा आत्महत्या गरेका छन् । बाथरुममा लडेर निधन भएको भनिए पनि गत असोज २९ गते (अक्टुबर–१५) मा घरमा कोही नभएका बेला उनले आत्महत्या गरेको बताइएको छ । क्यालिफोर्नियाका काउन्सुलर अशोकराज भण्डारीले आज आइतबार १३ औं दिनको पुन्य तिथिमा सामाजिक सञ्जालमा समवेदना राखेका छन् । आइतबार नुन खान नहुने भएकाले १२ औं दिनमै शुध्याइ कार्यक्रम गरिएको थियो ।
डिभी परेर २०६५ सालदेखि अमेरिकामा बस्दै आएका पाण्डे पूर्वराष्ट्रपति भण्डारीका माहिला भाइ हुन् । पूर्वराष्ट्रपति भण्डारीका तीन दाजुभाइमध्ये एक भाइ अमेरिकामै बसोबास गर्छन् भने एकजना नेपालमै छन् ।
मोरङ्गको बेलबारीमा स्कूल सन्चालन गर्दै आएका ६० बर्षीय पाण्डे श्रीमती २ छोरी, १ छोरासहित १८ वर्षदेखि अमेरिकाको क्यालिफोर्नियाको सक्रामेन्टोमा बसेबास गर्दै आएका थिए । लामो समयदेखि उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए ।
प्रतिक्रिया