झापा । झापामा धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण दुई सय बिघा क्षेत्रफलको धान बालीमा क्षति पुगेको छ ।
झापाका पाँच पालिकाको गरी दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउन सक्ने उहाँको भनाइ छ ।रोगका कारण बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहोर देखिने हुन्छ ।
धान रोप्ने बेलामै बीउको उपचार गरेको अवस्थामा ‘डर्टी पेनिकल’ बाट बाली जोगाउन सकिने कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले बताए । तर अहिले भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही ठाउँमा ‘डर्टी पेनिकल’ रोग देखिएको छ ।
प्रतिक्रिया