भारतमा बमको झुटो खबर दिएको आरोपमा एक जना पक्राउ

भारतमा बमको झुटो खबर दिएको आरोपमा एक जना पक्राउ


ग्लोब नेपाल
135
Shares

काठमाडौं । भारतीय प्रहरीले भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यम न्यूज १८ इण्डियाले बताएको छ । नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको न्यूज १८ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

पक्राउ परेका जगदिशले २०२३ जुलाई ५ मा ‘आतंकवाद एक तुफानी राक्षस’ नामक किताब समेत लेखेका थिए । पुस्तकबारे व्याख्या गर्दै उनले यसमा आतंकवादलाई जरैदेखि सक्ने उपायबारे लेखेको बताएका थिए । हिन्दी भाषामा लेखिएको उनको पुस्तक अंग्रेजीमा पनि अनुवाद भएको छ ।

महाराष्ट्र प्रहरीका डीसीपी स्वेता खेड्करको नेतृत्वमा भएको अनुसन्धान उन्केसम्म पुगेको थियो । उनी यसअघि पनि २०२१ मा पक्राउ परेका व्यक्ति भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन ।

उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन । प्रहरीका अनुसार, उनले प्रधानमन्त्री कार्यालय, रेलवे मन्त्रीको कार्यालय, महाराष्ट्रका मुख्यमन्त्री लगायतलाई पनि इमेल पठाएको भेटिएको छ ।