पिएसजीमाथि एटलेटिको म्याड्रिड विजयी

पिएसजीमाथि एटलेटिको म्याड्रिड विजयी


ग्लोब नेपाल
54
Shares

लन्डन । एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ ।  गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

एटलेटिकोको जितमा नाहूएल मोलिना र एंगल कोरियाले एक एक गोल गरेका थिए । कोरियाले ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै जिताएका थिए । यसअघि पिएसजीका लागि वारेन जैरे एमेरीले एक गोल गरेका थिए । 

यो एटलेटिको म्याड्रिडको यस सिजनमा दोस्रो जित हो ।  यो जितपछि ४ खेलमा ६ अंक हासिल गर्दै एटलेटिको म्याड्रिड २३औ स्थानमा छ ।  त्यस्तै पिएसजीले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ ।  ४ खेलमा ४ अंक हासिल गरेको पिएसजी २५औ स्थानमा छ । 

रेड स्टारमाथि बार्सिलोनाको शानदार जित

बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग अन्तर्गत सर्बियाको क्लब रेड स्टार (सवेर्ना भेज्डा) माथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रेड स्टारलाई ५-२ गोल अन्तरले जित हासिल गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने इनिगो मार्टिनेज, राफिन्हा र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए । त्यस्तै रेड स्टारका लागि सिलास र मिलसनले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ४ खेलमा ९ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी रेड स्टारले भने यस सिजनको च्याम्पियन्स लिगमा लगातार चार खेलमा हार बेहोरेको छ ।