मानव तस्करीमा मुछिएमा एमाले नेता अधिकारी ३३ किलो सुन प्रकरणमा संलग्न !

मानव तस्करीमा मुछिएमा एमाले नेता अधिकारी ३३ किलो सुन प्रकरणमा संलग्न !


ग्लोब नेपाल
540
Shares

काठमाडौं । मानव तस्करीमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् एमाले मोरङका नेता लीलाबल्लभ अधिकारी ३३ किलो सुन तस्करीमा पनि संलग्न रहेको तथ्यहरु बाहिर आएका छन् ।

कानून व्यवसायी पृष्ठभूमिका अधिकारीले अधिवक्ताका रुपमा सुन तस्करीका नाइके गोरे भनिने चुणमणि उप्रेतीको पक्षमा बहस मात्र गरेनन्, उनलाई निर्दोष साबित गर्न अनेक हर्कत गरेका थिए । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गोरेका पक्षमा अदालतलाई प्रभावमा पार्ने प्रयासदेखि राजनीतिक हस्तक्षेपसमेत गरेको विषय त्यतिखेर सतहमा आएको थियो ।

शाक्य हत्या प्रकरणमा गोरेका तर्फबाट बहस गरेका अधिकारीलाई तत्कालीन पूर्वमुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता शेरधन राईले स्पष्टिकरण सोधेका थिए । त्यति मात्र होइन, गम्भीर अपराधमा संलग्नको बचाउमा लागेको भन्दै शेरधनले एक वर्षसम्म प्रदेशसभामा अधिकारीलाई बोल्न प्रतिबन्ध लगाएका थिए ।

प्रभावशाली व्यक्तिहरुको संलग्नताले गर्दा तस्करीमा संलग्न मुख्य गिरोह पक्राउ परिसक्दा पनि ३३ किलो सुन कहाँ गयो भन्ने अझै रहस्यको विषय बनेको छ ।

पछिल्लो समय उनी मानव तस्करको गिरोहसँग साँठगाँठ गरी जापान गएको खुलासा भएको छ । यो उनीमाथि अरुले लगाएको आरोप होइन, बुधबार मुख्यमन्त्री हिक्कत कार्कीलाई राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनी स्वयंले स्वीकार गरेका हुन् ।

अधिकारी एमालेका तर्फबाट मोरङ क्षेत्र नम्बर २ को प्रदेश सभा (२) बाट दोस्रोपटक निर्वाचित भएका हुन् । संघ र प्रदेश सरकारलाई जानकारी नै नदिई सुटुक्क मानव तस्कर समूहसँग जापान गएको विषय बाहिर आएपछि उनले नैतिकताका आधारमा भन्दै राजीनामा दिए ।

मानव तस्करको गिरोहले उपयोग गर्न खोजेको थाहा पाएपछि विमानस्थलबाटै फर्किएको दाबी अधिकारीले गरे । तर उनको दाबी झुटो सावित भइसकेको छ । जापानी अध्यागमनमा ४८ घन्टा थुनिएको आफूले लिएर गएका अन्य ४ जना पक्राउ परेपछि सार्वजनिक भएको छ ।