अमेरिकाको दक्षिणी क्यारोलिनाको अल्फा जेनेसिस नाम गरेको एउटा अनुसन्धान ल्याबमा राखिएका ४३ वटा बाँदर भागेका छन् । ल्याबका किपरले खोर खुलेर बन्द गर्न भुलेपछि बाँदर भागेका हुन् । यो ल्याबमा मेडिकल परीक्षण र अनुसन्धानका लागि बाँदरको प्रजनन गरिन्छ ।
अधिकारीहरूले स्थानीय बासिन्दालाई घरका ढोका र झ्याल राम्रोसँग बन्द गरेर राख्न र कुनै बाँदर देखेमा तत्कालै जानकारी दिन समेत आग्रह गरेका छन । भागेका अधिकांश बाँदर ३.२ केजीका पोथी बाँदर भएको प्रहरीले भनेको छ ।
कुनै पनि अवस्थामा यी बाँदरको सामुन्ने नजान प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ । बाँदरलाई समात्न सो क्षेत्रमा जाल बिछ्याइएको छ । यी बाँदर निकै सानो भएकोले अहिलेसम्म यिनीहरूमा कुनै परीक्षा नगरिएको अनुसन्धानकर्ताको भनाई छ ।
प्रतिक्रिया