काठमाडौं । आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईले जितका लागि नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रन बनायो । युएईका लागि समैरा धरनीधर्काले सर्वाधिक ३१ रन बनाइन् । यस्तै रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०/१० रन बनाइन् ।
बलिङमा नेपालकी कृष्णा गुरुङले चार विकेट लिइन् । उनले चार ओभरमा १७ रन खर्चिएर उक्त विकेट लिएकी हुन् । रिया शर्मा र सिमा केसीले दुई दुई र रचनाकुमारी चौधरीले एक विकेट लिइन् ।
नेपाल विश्वकपमा छनोट हुन रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्न आवश्यक छ । यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जितसहित यूएई अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जित र १ हार सहित नेपाल दोस्रोमा छ ।
शीर्ष स्थानमा रहने टोली आगामी यु-१९ महिला विश्वकपका लागि छनोट हुनेछ ।
प्रतिक्रिया