टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने युवालाई अदालतबाट सफाई

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने युवालाई अदालतबाट सफाई


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली र सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गरेको आरोपमा पक्राउ परेका युवाहरुलाई सर्वोच्च अदालतले सफाई दिएको छ ।

गौरा पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा ओली र देउवा सहभागी थिए । उक्त कार्यक्रममा दुई नेताविरुद्ध युवाहरुले नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनमा घटनाको भोलिपल्ट प्रहरीले सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरी उनीहरूविरुद्ध शान्तिविरुद्धको कसुरमा मुद्दा अघि बढाएको थियो ।

नेताहरुको आलोचना गरेकै आधारमा युवाहरुलाई राज्य शक्तिको दुरुपयोग गरी पक्राउ गरिनु र मुद्धा चलाइनु मानव अधिकार र लोकतन्त्रविरोध हर्कत भन्दै सर्वत्र विरोध हुँदै आएको थियो ।