ट्रम्पले राष्ट्रपति पद सम्हालेको केही समयमै युद्ध अन्त्य हुन्छ : जेलेन्स्की

ट्रम्पले राष्ट्रपति पद सम्हालेको केही समयमै युद्ध अन्त्य हुन्छ : जेलेन्स्की



काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेपछि चाँडै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । युक्रेनी रेडियोसँगको कुराकानीमा उनले ह्वाइट हाउसको नेतृत्व गर्ने नयाँ टोलीको नीतिसँगै रुससँगको युद्ध चाँडै समाप्त हुने निश्चित रहेको बताएको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिमा विजयी भएपछि ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा आफूसँग सौहार्दपूर्ण कुरा भएको र युक्रेनको अडान विपरित ट्रम्पले कुरा नगरेको भन्दै उनले कुटनीतिक माध्ययमबाट युद्ध रोक्न तयार रहेको बताएका छन् । राष्ट्रपति जेलेस्कीले युद्धभूमिमा रुसी सेनाले प्रगति गरिरहेको र स्थिति कठिन बन्दै गएको स्वीकार पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफ्नो प्राथमिकता युद्धको अन्त्य गर्ने र युक्रेनलाई दिँदै आइएको सैन्य सहायता रोक्ने बताउँदै आएका छन् । तर ट्रम्पले युद्धको अन्त्य कसरी हुन्छ भन्नेबारे अझै केही खुलाएका छैनन् ।