काठमाडौं । इंगल्यान्डका बलर नाथन सोउटरले काठमाडौं गुर्खाजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
३२ वर्षीय नाथनलाई पाँचौं विदेशी खेलाडीका रूपमा भित्र्याएको काठमाडौं गुर्खाजले जनाएको छ । उनले १ सय ४३ टी–२० क्रिकेटमा १ सय ५४ विकेट लिएका छन् । नाथन काठमाडौंमा आबद्ध हुने इंगल्यान्डका तेस्रो खेलाडी हुन् ।
काठमाडौंले यसअघि इंगल्यान्डका स्टेफन इस्किनाजी र ड्यान डौथवेटसहित नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड इरसमसलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आठ टोली सहभागी हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । उद्घाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्ट्स खेल्दैछन् ।
प्रतिक्रिया