काठमाडौं । पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य पदम राईको निधन भएको छ । राईको शनिबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले राईको पार्थिव शरीर आइतबार बिहान ९ बजे केन्द्रीय कार्यलय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका राखिएको जानकारी दिए । राईको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने ढकालले जानकारी दिए ।
प्रतिक्रिया