राष्ट्रिय चलचित्र पुरस्कार : ‘बुलाकी’ सर्वश्रेष्ठ फिल्म

राष्ट्रिय चलचित्र पुरस्कार : ‘बुलाकी’ सर्वश्रेष्ठ फिल्म



काठमाडौं । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र अवार्ड–२०८० वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेको बोर्ड विजेताहरूलाई अर्वाड प्रदान गरेको हो ।

जसका ‘बुलाकी’ले उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ । उत्कृष्ट अभिनेताको अवार्ड ‘प्रसाद २’ का लागि विपिन कार्कीले पाएका छन् ।

यस्तै, ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् ।

‘दिमाग खराब’कै लागि निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

कुन फिल्मले कुन विधामा पुरस्कार जिते ?

सर्वोत्कृष्ट फिल्म : बुलाकी

सर्वोत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)

सर्वोत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)

सर्वोत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)

सर्वोत्कृष्ट पटकथा तथा संवाद : राजबहादुर साने (बुलाकी)

सर्वोत्कृष्ट छायांकन : शिव ढकाल (बुलाकी)

सर्वोत्कृष्ट सम्पादन : मित्र डी गुरुङ (महाजात्रा)

सर्वोत्कृष्ट आदिवासी जनजाति फिल्म : लोजिमा (लिम्बु भाषा)

प्रोत्साहन पुरस्कार : स्वस्तिमा कार्की (टुल्की)

सर्वोत्कृष्ट व्यवसायिक फिल्म : जारी