प्रचण्डको नातिनीलाई भारतीय प्रधानमन्त्री मोदीले किन दिए शुभकामना ?

प्रचण्डको नातिनीलाई भारतीय प्रधानमन्त्री मोदीले किन दिए शुभकामना ?

कूटनीतिक अर्थ के हुनसक्छ भने खोजी नेपाली राजनीतिमा भइरहेको छ


ग्लोब नेपाल
513
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातिनी स्मिता दाहाललाई वैवाहिक जीवनको शभकामना सन्देश पठाएका छन् । ४ दिन ढिलो गरी सार्वजनिक गरिएको शुभकामना सन्देश आमा अर्थात् प्रचण्डकी कान्छी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’

स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको सम्बन्ध चिसिएका बेला माओवादी पार्टीका अध्यक्षको पारिवारिक नातामा शुभकामना आउनुलाई राजनीतिक रुपमा हेर्न सकिने बताइएको छ । गत साता नै सम्पन्न विवाहलाई यतिबेला शुभकामना आउनुको कूटनीतिक अर्थ के हुनसक्छ भने खोजी नेपाली राजनीतिमा भइरहेको छ ।