एनपीएल: जनकपुरले टस जित्यो, सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

एनपीएल: जनकपुरले टस जित्यो, सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै


ग्लोब नेपाल
162
Shares

काठमाडाैं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को अठाराैं र उन्नाइसाैं खेल हुँदैछ । बुधबारको पहिलो खेलमा अपराजित जनकपुरले टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने भएका छन् । खेल बिहान ९ः ०० बजेवाट सुरू भएकाे छ । सुदूरपश्चिमले पहिलो ५ ओभरमा (पावरप्ले) मा विकेट नगुमाई ३६ रन जोडेको छ ।

आज भएकाे पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन भने सुदुरपश्चिम राेयल्सवाट दिपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन । 

जनकपुर बोल्ट्स

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

सुदूरपश्चिम रोयल्स 

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।