काठमाडौं । पार्टी बिभाजन गर्ने अशोक राईको समुहलाई कारबाही नगरेको भन्दै जनता समाजवादी पार्टी नेपाल आज निर्वाचन आयोग जाँदैछ ।
जसपा नेपाल कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधि तथा नेतालाई कारबाही नगरे पछि सोही गुनासो लिएर अध्यक्ष उपेन्द्र यादवको समूह निर्वाचन आयोगमा जान लागेका हुन् ।
अशोक राईको नेतृत्वमा अलग भएर जनता समाजवादी पार्टी गठन गरे पनि कतिपय नेता विना सनाखत सो पार्टीमा आबद्ध भएको भन्दै जसपा नेपालले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको थियो । तर हालसम्म कुनै कारबाही नगरेको भन्दै जवाफ माग्न जसपा नेपालका नेता आयोग जान लागेका हुन् ।
प्रतिक्रिया