काठमाडौं । भारत र अस्ट्रेलियाबीच जारी बोर्डर–गावस्कर ट्रफीको तेस्रो टेस्टको तेस्रो दिनको खेल वर्षाका कारण रद्द गरिएको छ। ब्रिसबेनको गाबा मैदानमा सोमबार बिहान लगातार वर्षा भएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा चार विकेट गुमाएर ५१ रन बनाएको थियो । केएल राहुलले ३३ रन बनाए भने कप्तान रोहित शर्मा शून्य रनमा अविजित रहे । टी–ब्रेकअघि ऋषभ पन्त ९ रन र विराट कोहली ३ रनमा पेभेलियन फर्केका थिए । मिचेल स्टार्कले यशस्वी जयसवाल ४ रन र शुभमन गिल १ रनमा आउट गरे । भारत ३९४ रनले अझै पछाडि छ । अस्ट्रेलिया पहिलो इनिङ्समा ४४५ रनमा अलआउट भएको थियो ।
प्रतिक्रिया