रुपन्देही । गृहमन्त्री रमेश लेखकले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताउनु भएको छ ।
बर्तमान सरकार संविधान संशोधन, राजनीतिक स्थायित्व, संविधानको रक्षा र दिगो आर्थिक बिकासका लागि गठन भएको उल्लेख गर्दै सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताउनु भयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखकले १० बर्षको अबधिमा संविधानका सबल र दुर्बल पक्षलाई केलाएर संबिधान संसोधनको प्रक्रियामा लाग्ने बताउनु भयो ।
संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको मन्त्री लेखकको भनाई छ ।
अर्को एक फरक प्रसङ्गमा गृहमन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हनामिना गर्ने सयौं मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने बताउनु भयो ।
उहाँले रास्वपा सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित ब्यवहार नभएको दावी गर्दै मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने जिकिर गर्नुभयो ।
लाखौं गरिव मान्छेको अर्बौं रुपैयाँ हिनामिना गर्ने ? ठगी गरेर अर्काको रकम खाईदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने ? यो कस्तो कुरा हो, मन्त्री लेखकले भन्नुभयो दिनभरि काम गरेको भोकै बसेर जम्मा गरेको रकम खाईदिने अनि भिड जम्मा गरेर न्यायका कुरा गर्ने ?
मन्त्री लेखकले भिडले न्याय दिने भए प्रहरी, अदालत र न्यायाधीश किन चाहियो भन्दै प्रतिप्रश्न गर्नुभयो । गृहमन्त्री लेखकले सहकारी ठगीका मुख्य योजनाकार जिवी राईलाई अनुसन्धानका लागि ल्याउने कुरामा सरकार गम्भीरता पुर्वक लागेको बताउनु भयो ।
प्रतिक्रिया