नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत



काठमाडौं । विश्व फुटबल महासंघ (फिफ) वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक सय ७४औँ स्थानमा रहेको हो । नेपालको पुरुष टोलीले अघिल्लो महिना ताजिकिस्तानमा दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा नेपाल ताजकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले अफगानिस्तानलाई भने २–० गोलले हराएको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ ।

नेपालभन्दा अगाडि रहेको भारत एक सय २६औँ र माल्दिभ्स एक सय ६२औँ स्थानमा रहेको छ । यस्तै भुटान समग्रमा एक सय ८२औँ, बङ्गलादेश एक सय ८५औँ, पाकिस्तान एक सय ९८औँ र श्रीलंका दुई सर्यौ स्थानमा छ । अर्जेन्टिना विश्व वरीयताको शीर्षस्थानमा अथावत छ ।