काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान इन्डोसकोपी गरिएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको बिहान साढे ९ बजे इन्डोसकोपी गरिएको हो ।
इन्डोसकोपी गरेपछि ओलीले बिहीबार दिनभर बालुवाटारमै आराम गरेका थिए । बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको थियो भने नास्टको पूर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी हुन सकेनन् ।
‘प्रधानमन्त्रीको नियमित इन्डोसकोपी गर्नुपर्ने थियो र गरिएको हो, ‘धपेडी नहोस् भनेर बिहीबारको औपचारिक कार्यक्रममा सहभागी हुनु भएन’ बालुवाटार श्रोतले भन्यो ।
प्रतिक्रिया