काठमाडौं । भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा रहेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको छ ।
भारतका यशस्वी जयसवालले ८२ रन बनाए । यस्तै विराट कोहलीले ३६, केएल राहुलले २४ रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले २/२ विकेट लिए । भारत अझै ३ सय १० रनले पछि छ । भारतलाई ‘फलो–अन’ बाट बच्न अझै १ सय ११ रन चाहिन्छ ।
यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलियाले ४ सय ७४ रन बनाएको थियो । अस्ट्रेलियाका स्टेभेन स्मिथले शतक बनाए । यस्तै साम कोन्स्टास, उस्मान ख्वाजा र मार्नुस लाबुशेनले अर्धशतक बनाए । भारतका जसप्रित बुमराहले ४ विकेट लिए ।
बोर्डर–गाभस्कटर ट्रफी अन्तर्गत पाँच खेलको शृङ्खलामा १–१ को बराबरी छ ।
प्रतिक्रिया