जय ट्रफी : जितका लागि आर्मीले पायो ११६ रनको लक्ष्य

जय ट्रफी : जितका लागि आर्मीले पायो ११६ रनको लक्ष्य



जनकपुर । जनकपुरमा जारी जय ट्रफी एलिट कप क्रिकेटको आइतबार दोस्रो तथा अन्तिम दिन त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध जितका लागि ११६ रनको लक्ष्य पाएको छ ।

बागमतीले पहिलो पारीमा ११२ र दोस्रो पारीमा २१८ रन बनायो । आर्मीले पहिलो पारीमा २१५ रन बनाएको थियो । आइतबार अलआउट हुनुअघि बागमतीले २१८ रन बनाएपछि आर्मीले ११६ रनको लक्ष्य पाएको हो ।

बागमतीका लागि दोस्रो पारीमा शुभ कंसाकारले ७० र रित गौतमले ५२ रन बनाएका थिए । पहिलो पारीमा इशान पाण्डेले ७१ रन बनाएका थिए ।

आर्मीका लागि दोस्रो पारीमा ललित राजवंशीले तीन विकेट लिए भने श्रवण यादवले २ विकेट लिए । पहिलो पारीमा राजवंशीले ४ विकेट लिएका थिए भने पहिलो ह्याट्रिक गरेका श्रवण यादवले तीन विकेट लिएका थिए ।

जारी प्रतियोगतामा दुवै टिम जितविहीन छन् । यो लिग चरणको अन्तिम खेलमा आर्मी जित नजिक छ । अंकतालिकामा पुलिस क्लब शीर्ष, आर्मी दोस्रो, बागमती तेस्रो र मधेश प्रदेश चौथो स्थानमा छन् । शीर्ष दुई टिमले मंगलबार फाइनल खेल्नेछन् ।