लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा जङ्गलमा लागेको डढेलो अहिले सम्म नियन्त्रण हुन सकेको छैन । डढेलो सुरु भएको एक हप्ता भन्दा बढी भइसकेको छ । यस्तोमा नयाँ क्षेत्रमा डढेलो लाग्ने सम्भावना पनि बड्दै गएको छ ।
लस एन्जलस वरपरको दक्षिण–पश्चिमी क्यालिफोर्नियाको ठुलो भाग बुधवारसम्ममा भीषण आगलागीको खतरामा रहेको समाचार एजेन्सी एपीले एउटा समाचारमा उल्लेख गरेको छ ।
अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार राति लस एन्जलसमा ४५ देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो । यो हुरी मंगलबार १२० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्ने बताइएको छ । यसले अन्य क्षेत्रमा डढेलो भड्काउन सक्ने बताइएको छ ।
लस एञ्जलको जङ्गलमा फैलिएको डढेलो बस्तीमा पस्दा अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ ।डढेलो जनवरी ७ मा देखि सुरु भएको थियो । एक हप्ता बितिसक्दा पनि यो पूर्ण रूपमा नियन्त्रणमा आएको छैन ।
सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्षेत्रहरूको भ्रमण गर्न सक्नेछन् । रोयटर्सका अनुसार लस एन्जलसको डढेलोमा अहिलेसम्म १ खर्ब ३५ अर्ब देखि १ खर्ब ५० अर्ब डलरसम्मको क्षति भएको बताइएको छ ।
प्रतिक्रिया