काठमाडौं । जय ट्रफी मेन्स एलाइट कपको फाइनल खेलको दोस्रो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबबिरुछ ९५ रनको अग्रता लिएको छ ।
वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा बुधबार दोस्रो इनिङ्स सुरु गरेको पुलिस १३२/९ को स्थितीमा छ । पुलिसका सागर ढकाल र ललित राजवंशी अविजित छन् । पुलिसका लागि कुशल भुर्लेलले सर्वाधिक ४५ रन बनाए । यस्तै दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे ।
बलिङमा आर्मीका शाहब आलामले पाँच विकेट र बसिर अहमदले चार विकेट झारे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले १३३/९ को स्थितीमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । यसअघि आर्मी दोस्रो दिन एक सय ७० रनमा अल आउट भएको थियो ।
प्रतिक्रिया